फागुन ४ काठमाडौ – एमसीसीकाे विराेधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित ६ दलले बुधबार घाेषणा गरेकाे बन्द जारी छ।

बन्द बनाउदै हिड्ने बन्द कर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। याे समाचार तयार पार्दा सम्म काठमाडौ उपत्यकामा सवारी आवागमनमा अवरोध पुर्‍याउन खाेज्ने काठमाडौंबाट २१, भक्तपुरबाट ३ र ललितपुरबाट १२ जना पक्राउ गरिएको पक्राउ परेका छन।

त्यसैगरी लुम्बिनी प्रदेशकाे बाँके नेपालगन्ज  स्थ गणेशमान चोकबाट नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रिय सदस्य सलमान राई, जिल्ला अध्यक्ष अजित र विप्लव निकटका कार्यकर्ता वसन्त खत्रीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएकाे र उता बर्दिया बिहान सुदुरपश्चिम प्रदेश ०१—००१ भ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडीमा ताेडफाेड भएकाे जनाएको छ। त्यसैगरी बुटवलबाट नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक, तुलराज विक लगायत नेता कार्यकर्ता पक्राउ परेका छन

त्यस्तै उता गण्डकी प्रदेश तनहुकाे दमौली बाट ८ जना विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य कृष्ण वाग्ले, रुपेश पुन, जित पुन, धन बहादुर नारायण भण्डारी र क्रान्तिकारी माओवादीका नेत्र रानाभाट र नारायण लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बागमती प्रदेश सिन्धुलीबाट ११ जना बढी बन्द कर्ता पक्राउ परेकाे जनाइएको छ। उता मधेस प्रदेश सिराहाबाट करिब दुई दर्जन बढी बन्द कर्ता पक्राउ परेकाे नेकपाले जनाएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार