फागुन १, सल्यान – नेकपा माओवादी केन्द्र बागचौर नगर समितिको आयोजनामा महान जनयुद्धको २७ औं वार्षिकोत्सब तथा शुभकामना आदानप्रदान प्रदान कार्यक्रम बागचौरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समितिका संयोजक कृति बहादुर पुनले २७ औं जनयुद्धको वार्षिकोत्सबको अवसरमा जनयुद्धका महान सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईते, अपांग भएका योद्धाप्रति स्वास्थ्यलाभको कामना गरेका छन । उनले जनयुद्धबाट मुलुकले गरेको प्राप्तिको रक्षा र विकासको लागि आफुहरु लगायत सबैमा अन्याय र अत्याचारको विरुद्ध लड्ने शक्ति एवं क्षमताको विकास हुनुपर्ने कुरामा जोड दिएका छन । पुनले ऐतिहासिक जनयुद्धको थालनी माओवादी पार्टीले मात्रै गरेको बताए । उनले विश्वको साम्राज्यवादी मुलुक अमेरिकाले MCC मा हाल्दिएर पुरै नेपालको राजनीतिलाई अस्थिरता, गन्जागोल बनाउन खोजिरहेको छ र यसको निम्ति सबै राजनीतिक दलका नेता, कार्यकर्ताहरु एकजुट भएर यो मुलुकमा आउने सबै प्रकारका हस्तक्षेप एवम् उपनिवेशलाई पास नगर्न खबरदारी गर्न आग्रह गरेका छन । माओवादी पार्टी MCC विरुद्ध लाग्दै जस्ताको त्यस्तै पास नगर्न दिन लागेको भन्दै यसलाई शासक वर्गले पास गरिहाल्यो भने आफुहरु यो सरकारबाट निस्कनु पर्ने अवस्था आउने कुरा बताएका छन ।

यस्तै नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्माले नेपालमा एक ऐतिहासिक परिघटना भयो र त्यसलाई अन्तिम टुङ्गोमा लगाउनको लागि नेपालका सबै पार्टीहरु एकताबद्ध भएर राजतन्त्रको अन्त्य गर्नको लागि लामबद्व भएको दिन फागुन १ गते अर्थात् आज त्यसको सुरुवात भएको दिन भएको बताउँदै त्यसैको परिणाम स्वरुप आफुहरुले अहिले संघिय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक, समावेशी, उत्पिडित रुपमा रहेका महिला, अपांग, दलित, जनजातिहरुका लागि अधिकार सम्पन्न गराउने र त्यसको निम्ति आवज उठाउने अवस्था प्राप्ति गरेको दिन भएको बताए । उनले यो अवस्थामा आईपुग्दासम्म नेपालका सबै ठुला पार्टीहरु सविधान लेख्दा होस, चुनाव गर्दा होस या राजतन्त्रको अन्त्य गर्दा होस सबै एउटै ठाउँमा केन्द्रीत भएको दिन भएको बताएका छन । तर साम्राज्यवादीले फ्याकेको हतियारका कारण नेपालका पार्टीहरु विखण्डित भएर देशलाई बर्बादीबाट बचाउन आ-आफ्नो तर्फबाट सबैले केन्द्रमा सल्लाह सुझाव दिन आग्रह समेत गरेका छन ।
यस्तै कार्यक्रमका सभाध्यक्ष नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वलीले फागुन १ गते एउटा महान ऐतिहासिक दिन भएको भन्दै सिङ्गो समाजलाई मुक्ति दिलाउनको निम्ति, नेपालको गरिबी हटाउन, शोषण, दमण र अत्यचारका विरुद्ध एउटा नयाँ खालको विद्रोह विरुद्ध बोल्ने एवम् आवज उठाउन पाउने अवसरका रुपमा यो दिनलाई लिएको बताएका छन । उनले राष्ट्रघातका लागि अगाडि सारेको मुद्दा MCC विरुद्ध आवज उठाउँदै आझै पनि सबैका अगाडि ठुलो चुनौती आएको र बाँकी कामहरुलाई पूरा गर्न नयाँ ढंगले अगाडि बढ्नका लागि यसका विरुद्धमा MCC लाई पार लगाउन सबै लागिपर्न जोडदार माग समेत गरेका छन ।

कार्यक्रममा एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर समिति अध्यक्ष ज्ञानेश्वर के.सी., नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य टोप बहादुर वली, नेपाली काङ्ग्रेस बागचौर नगर सभापति दिपेश डि.सी., नेकपा एमाले बागचौर नगर समिति अध्यक्ष घनस्याम शर्मा, लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकी, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सुम्निमा डि.सी., नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर उप-प्रमुख कल्पना पुन, ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख सुशील थापा, बागचौर नगर शिक्षा शाखा प्रमुख टेक ब. डि.सी. लगायत बागचौरस्थित सम्पुर्ण सरकारी तथा गैर सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बुद्धिजीवी र पत्रकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्र बागचौर नगर समिति अध्यक्ष शोभाराम भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार