माघ २९, सल्यान – बागचौर नगरपालिकाको ऐतिहासिक आठौं नगरसभा आज बागचौरको शारदा टप होटेलको हलमा सम्पन्न भएको छ ।
८ औं नगरसभाका सभाध्यक्ष एवम् बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले ५ वर्षिय कार्यकालमा आफुले जनताहरुसामु गरेका प्रतिवद्वताहरु सम्भवतः सकेजति पूरा गरेको बताएका छन । यो कार्यकालको अवधिमा २ वर्ष त कोरोनाले नै असर गरेकोले सोचेजति कामहरु पूरा हुन नसकेको बताउँदै जनमासबाट आउने हरेक राम्रा अनि नाराम्रा कामहरुको श्रेय नेतृत्वले नै लिनुपर्ने पर्ने कुरा स्विकार गरेका छन । उनले नेतृत्व निति, नियम, कार्यक्रम, बजेट, योजना, भएको तर नेतृत्व सहि छदाछदै पनि कतै गलत, नितिमा गर्यो, योजनामा गर्यो, कार्यक्रममा गर्यो भने नेतृत्वका विरुद्ध औला ठड्याउनु स्वाभाविक भएको बताएका छन ।
बुढाथोकीले ५ वर्षको यो कार्यकालमा आफुमाथि कुनै पनि नराम्रो छाप नलागेको बताए । उनले यो अवधिमा माथिल्लो निकाय तथा तल्लो निकायबाट आफुहरुले सोचेजति सहयोग नपाएको बताएका छन । कोरोनाले पारेका हरेक समस्या सम्झिने हो भने गाउँ-गाउँमा सिंहदबार भनेर प्रतिवद्वता गरे पनि दबार उतै राखेर सिंहमात्रै पठाएर घाँटी निमोचिदिएको जस्तो अनुभुती गरेको बताए । जतिबेला अत्याधिक कोरोना संक्रमणले सताईरहेको र आईसोलेसन केन्द्रको स्थापनाको चापमा आफुहरु परिरहेकोबेला यहाँ कुनै पनि राजनीतिकक्रमिहरुले सहयोग नगरेको दुखेसो पोख्दै सल्यान जिल्लाका सम्पुर्ण नेताहरुको उत्पत्ति हुने नगरपालिका बागचौर नगरपालिका भएको तर सबभन्दा बढि सहयोग नपाईने नगरपालिका पनि बागचौर नगरपालिका र यहाँ हुने जनप्रतिनिधि पनि सबभन्दा अभागी जनप्रतिनिधि हुने भएकोले आफुले काम गर्ने क्रममा विभिन्न दुखदायि अवस्थाहरु भोग्नु परेको बताए । उनले यो अवधिभरमा आएको सम्पुर्ण रकम आफुले पनि अनियमितता नगरेको र तल्लो निकायमा पनि गर्न नदिएको बताएका छन ।

बुढाथोकीले आफ्नो नगरपालिकामा बजेट थोरै आएकोले काम पनि सोचेजति गर्न सकेको बताउँदै जति आएको छ त्यो बजेट व्यक्ति र आफ्नतमुखी नबनाएर जहाँ जनताको आवश्यकता छ त्यहाँ बजेट छुट्याइएको बताएका छन ।
सल्यान जिल्लाकै मेयर, उप-मेयर लगायत सम्पुर्ण जनप्रतिनिधिबिच राजनीतिक आग्रह, पुर्वाग्रह नराखेर चलेको नगरपालिका बागचौर नगरपालिका भएको दाबी गरेका छन ।
काम गर्दै जाँदा बजेट बाँडफाँड गर्दै जाँदा जनताहरुले चाहेअनुसारका काम १२ वटै वडामा नपुगेको भए आफ्नो नियतबस नपुगेको, नगरेको नभई परिस्थिति र बजेटले गर्न नदिएको बताएका छन ।

यस्तै ८ औं नगरसभामा ५ वर्षिय कार्यकाल सकिनै लाग्दा आफ्ना अनुभुती सुनाउँदै बागचौर नगरपालिका उप-प्रमुख कल्पना पुनले यो कार्यकाल अनुभवकै कार्यकाल भएकोले आफुहरुले सोचेजति गर्न नसकेको अनुभुती गरेको बताईन । उनले सरकारको यो पदमा रहेर काम गर्नु भनेको गरेपनि नहुने, नगरे पनि नहुने रहेछ भन्दै जनताहरुले नै स्थानीय सरकारलाई आँखाको कंसिगरको रुपमा लिएको महसुस गरेको बताईन ।
नगरपालिकाबाट बजेट पारित भैसकेपछि समयमै निर्णय हुन नसक्ने र कामको पनि कार्यान्वयन हुने नसकेर ढिलाइ हुन जाने साथै उपभोक्त समितिहरुले काम गर्न नसक्ने तर जनताले दोष जति आफुहरुलाई थुपार्ने गरेको बताईन ।

यस्तै सल्यान जिल्लाका प्रायः पालिकाहरुमा स्थायी कर्मचारीहरुका लागि पद पुर्ती भैसक्दा पनि बागचौर नगरपालिकामा स्थायी कर्मचारीहरुको पद पुर्ती नभएकोले करार कर्मचारी र स्थायी कर्मचारीहरु फेरबदल भैरहने भएकोले काम सहज ढङ्गले गर्न नसकेको समेत बताईन । उनले मान्छेहरुको स्वभाव केही गरे पनि गर्यो है भन्ने खालको नहुदो रहेछ भन्दै ५ वर्षको आफ्नो कार्यकालको अवधिमा बागचौर नगर आईसोलेसन बनेको बेला मात्रै राम्रो काम भयो भनेर थोरै मात्रामा सुनियो तर अरु कुनै कामको पनि जस नपाएको गुनासो गरेकी छन ।
बागचौर नगरपालिकाको अग्लाटाकुरामा बनेको भ्युटावरको विषयलाई सबैले गरेको नकारात्मक टिप्पणीको विषयमा संघिय सरकारले नै पर्यटन क्षेत्रका लागि माथिबाटै तोकेकोले पर्यटन क्षेत्रमा विकास पुर्याउन हामीले भ्युटावर बनायौ, कुनै पनि ठाउँमा बनेका संरचनाहरु सबै विकासका पुर्वाधारहरु भएर बनेका छन भन्ने पनि हुदैन त्यसैले विकासका काममा बाधा पुर्याई यसलाई ठुलो गराउने काम नगर्न अनुरोध समेत गरेकी छिन ।

८ औं नगरसभामा नगर प्रमुख बुढाथोकीले प्रस्तुत गरेको संसोधित योजना बजेट उपस्थित सबैजनाले एकैसाथ पास गरेका थिए ।
बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाललको स्वागत मन्तव्यबाट सुरुको कार्यक्रमको संचालन नगर शिक्षा शाखा प्रमुख टेक ब. डि.सी. ले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार