माघ २४ काठमाडौं – मन्त्रिपरिषदको नियमित बैठक दिउँसो ३ बजेपछि बस्दै छ।

गत बिहीबार मन्त्रिपरिषदको नियमित बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेपछि बैठक आज बस्दै छ। गत माघ १८ गते प्रधानमन्त्री देउवा र  निर्वाचन आयोगका पदाधिकारीकाे छलफलले  आगामी जेठ ४ गते स्थानीय तहकाे निर्वाचन घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको हुदा
आजकाे मन्त्रीपरिषद बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने अनुमान गरिएको छ।

उता आयोगले सोही छलफल अनुसार नै काम अघि बढाइसकेको छ। अहिले मतपत्रकाे काम सुरु भएकाे आयाेगले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार