माघ २३ सुर्खेत – कर्णाली प्रदेश सरकारले लामाे रस्साकस्सी पछि केन्द्रीय शीर्ष नेताहरुकाे सहजिकरणम आइतबार पूर्णता पाएको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले पाँच जनालाई मन्त्री नियुक्त गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको हो । सिफारिसमा परेका पाँच जना मन्त्रीहरूले नै पद तथा गोपनीयताको शपथग्रहण लिएका छन ।
नेपाली कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास, नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा, छिरिङ डम्बुल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरण, नेकपा एकीकृत समाजवादीबाट पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीकाे जिम्मेवारी दिइएको छ।
कर्णाली प्रदेश सरकारमा महिलाको सहभागीता शुन्य छ। तर कर्णाली प्रदेश सरकार अन्तर्गतका तीन दलिय गठबन्धनमा मन्त्रीकाे लागि महिला याेग्य महिला नभएका भने हाेइनन्। तिन दलले मध्ये कुनैपनि दलले महिलालाई सिफारिस गरेनन र गठबन्धन भागबन्डा मिलाउन सहयाेग गर्ने केन्द्रीय नेताहरुकाे नजरमा पनि काेहि महिला नपरेपछि मन्त्रीपरिषद नै महिला विहीन भएकाे हाे।
सांसद समेत नरहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी पाएका लामा मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई दुई वर्ष कैद र पाँच हजार जरिवाना भुक्तान गरिसकेका व्यक्तिलाई मन्त्री बनाउदा क्षमतावान महिला हुदाहुदै पनि एकजना पनि महिला सिफारिस नगरेकाे भन्दै गठबन्धन कर्णाली प्रदेश स्थितका राजनितीक दलहरुले विराेध संगै प्रदेश सरकारकाे आलोचना गरिरहेका छन।