माघ २२ पाल्पा – नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे नेतृत्वमा मिलेनियम च्यालेन्ज कर्पोरेसन विरुद्ध तीन दलले पाल्पामा संयुक्त विरोध प्रदर्शन गर्ने घाेषणा गरेका छन।

शनिबार सदरमुकाम तानसेनमा तीन दलहरु नेकपा, राष्ट्रिय जनमाेर्चा, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला स्तरका नेताहरु उपस्थितमा बसेकाे संयुक्त बैठकले उक्त निर्णय गरेकाे हाे।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीकाे नेतृत्वमा सदस्य तथा पाल्पा ईन्चार्ज अपेक्षा,राष्ट्रिय जनमाेर्चा नेपाल पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामि, नेकपा क्रान्तिकारी माओवादी जिल्ला सचिव लिला श्रेष्ठ सहित बसेकाे तीन दलको संयुक्त बैठकले आगामी २६ गते तानसेनमा विरोध प्रदर्शन गर्ने निर्यण गरेको छ।

MCC सम्झौता राष्ट्रघाति भएको र उक्त सम्झौताका केही बुँदाहरु नेपाल सरकार संग समान्तर देखिने भएको हुँदा उक्त सम्झौता नेपालमा ल्याउनु ठूलो राष्ट्रघात हुने बताउदै आएका छन् । उक्त सम्झौताका नाममा अमेरिकाले आफ्नाे स्वार्थसिद्ध गर्न लागिरहेकोले याे सम्झौता ल्याउन र पास गर्न नहुने समेत बताए।

यस अघि उक्त सम्झौताका विरुद्धमा पटकपटक तानसेनमा विरोध प्रदर्शन भएको थियोे । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रामपुरमा रहेको MCA काे क्षेत्रीय कार्यालय हटाउन चेतावनी दिदै पत्र समेत बुझाएको थियो । अहिले नेपाल सरकारले निर्णायर्थ प्रस्तुत गर्न लागि रहेको हुँदा उक्त सम्झौताका विरुद्ध चर्को आवाज उठिरहेको बेला पुन:आवाज उठादै संयुक्त रुपमा अघि बढने नेकपा पाल्पाले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार