माघ १९ पाल्पा – नेपाल कम्युनिस्ट पार्टीले २३ राेपनी जग्गा आफ्नाे कब्जामा लिएकाे छ।
नेत्र विक्रम चन्द नेतृत्वकाे नेकपाले रिब्दिकाेट गाउँपालिका -१ जाेगीथिमका धनु कुमालकाे ५ पुस्ताले भाेगचलन गर्दै आएकाे उक्त जग्गा विभिन्न जालसाजी गरि बाम बहादुर कुमाल मार्फत सिजि कम्पनीले आफ्नाे नाममा किनेकाे भन्दै नेकपा पाल्पाले बुधबार देखि उक्त जग्गा पिडित धनु कुमालकाे न्यायका लागि भन्दै कब्जामा लिएकाे विज्ञप्ति मार्फत जनाएको छ।
दलाल संसदीय व्यवस्थाले बनाएको गरिबमारा कानुनले पुजी र पहुँचकाे आधारमा उक्त जग्गा सिजि कम्पनीको नाममा गरिदिएकाे छ। उक्त जग्गा पिडितले न्याय नपाए सम्म नेकपाले कब्जा गरेकाे जिल्ला सेक्रेटरी प्रभातद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ।