माघ १८ काठमाडौ – सरकारले स्थानीय तहकाे निर्वाचन आगामी ०७९ जेठ ०४ गते गर्ने तयारी गरेको छ।

यसअघि नै निर्वाचन आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेपनि दलहरु सहमति नजुटेपछि जेठ भित्र गर्ने निर्णय गरेका थिए। मङगलबार बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्दा आयाेगकाे सिफारिस अनुसार नै प्रधानमन्त्री देउवाले जेठ ४ गतेकाे प्रस्ताव आयाेगका पदाधिकारी समक्ष राखेपछि साेहि मितिमा स्थानीय निर्वाचन गर्ने गरि तयारी अघि बढाउने निर्णय गरिएको हाे।

यद्यपि सरकारले आधिकारिक रुपमा मन्त्रिपरिषद बैठक बसेर स्थानीय तह निर्वाचनको मितिमा छलफल गर्ने सकेसम्म एकै चरणमा निर्वाचन गर्ने गरि छलफल गर्ने प्रधानमन्त्री देउवाले निर्वाचन टाेली समक्ष बताएका छन।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार