माघ १३ सुर्खेत – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सुर्खेतका विद्यार्थीले नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरेका छन् ।
नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध कार्यक्रम गरेको अनेरास्ववियुले बिहीबार मूल्यवृद्धिको विरोधमा निगमको प्रदेश कार्यालय घेराउ गरि धर्नासमेत दिएका थिए ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेका विद्यार्थीले चरणबद आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल आयल निगमले माघ ५ गते बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको थियो । यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको समेत मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।