माघ ११ काठमाडौ – निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै यसअघि आयोगले स्थानीय तहको चुनावको मिति प्रस्ताव गरिसकेको स्मरण गराउदै आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा निर्वाचनको मिति यथाशीघ्र तोक्न आग्रह गर्दै चुनावको मिति तोक्ने काम जति ढिलो हुँदै जान्छ त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जाने उल्लेख गरेको छ ।

यसअघि स्थानीय निर्वाचनकाे लागि भन्दै दलहरु बिच पटकपटक बैठक बसेपनि टुंगोमा भने पुग्न सकेका छैनन । सत्ता गठबन्धनले भने यसअघि निर्वाचन तीन चरणमा भएको हुदा कुन मितिलाई आधार मानेर निर्वाचनकाे मिति तय गर्ने भन्नेमा अन्याेलमा रहेकाे भन्दै संविधानविद संग छलफल गरेर निर्णय भनेर टारेकाे थियाे ।

२०७४ बैशाख ३१, असार १४ र असोज २ मा गरी तीन चरणमा चुनाव भए पनि पहिलो चरण २०७४ बैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरूको कार्यकाल आगामी जेठ ५ गते समाप्त हुने समेत आयोगले स्पष्ट पारेकाे छ ।

प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार