माघ ४ राेल्पा – मानिस बेपत्ता पारिएको अभियाेगमा एक जना कारागार चलान भएका छन।

गत असार २३ गते त्रिवेणी गाउँपालिका वडा न. -३ का ठाकुर नेपालीलाई बेपत्ता पारिएको कसुरमा साेहि गाउँपालिका -६ का ३६ वर्षिय लाेकेन्द्र खडकालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

नेपालीलाई बेपत्ता पारेकाे अभियाेगमा गत साउनमा लाेकेन्द्र र उनकाे श्रीमती ४५ वर्षिय गौमाया घर्तीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेकाे थियाे। बेपत्ता पारीएका नेपालीकि श्रीमती हिमा कुमारी नेपालीले खडका दम्पती विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरि अनुसन्धान थालेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरेले बताए।

घटना कसरी भयाे ?

गत असार २३ गते घरबाट बेपत्ता भएपछि ठाकुरकाे श्रीमती हिमा कुमारी नेपालीले गत असार २८ गते प्रहरी चौकि जुगारमा हुलिया सहित निवेदन पेस गरेकि थिइन। हिमाकाे निवेदनकाे आधारमा प्रहरीले खाेजिकार्य गर्दै आएकाे थियाे।

प्रहरी अनुसन्धान र बेपत्ता हिमाकाे दस्तखत अनुसार त्रिवेणी गाउँपालिका वडा न.-६ बस्ने ३६ वर्षिय लाेकेन्द्र खडका र उनकाे श्रीमती ४५ वर्षिय गौमाया घर्तीलाई पक्राउ गरि अनुसन्धान गरिरहेकाे थियाे। राेल्पा जिल्ला अदालतले गत साउन २९ गते अभियुक्त लाेकेन्द्रलाई पुर्पक्षका लागि कारागार चलान र उनकाे श्रीमती गौमायालाई ७५ हजार धरौटी राखि जमानतमा छाेडेकाे थियाे।

ठाकुरकाे कंगाल सात महिना पछि भेटियो

यहि माघ २ गते त्रिवेणी गाउँपालिका -६ नेप्टेखाेला देखि तलकाे भिरमा रुख मुनि मानव कंगाल फेला परेकाे सुचना प्रहरीलाई आए लगत्तै ईलाका प्रहरी कार्यालय हाेलेरीबाट प्रहरी निरीक्षक जिवराज थापा क्षेत्रीकाे कमान्ड खटिएको प्रहरी टाेली उक्त स्थानमा पुग्दा कंगाल नजिकै एक थान लाभा माेबाइल सेट, एक थान टर्च लाईट, हापपाइन्ट, कटटु र टि-सर्ट फेला परेपछि साेहि सामाग्रीकाे पहिचानमा बेपत्ता भएका ठाकुरकाे श्रीमती हिमाले आफ्नाे श्रीमानकाे भनी सनाखत गरिसकेकि छन
ठाकुरकाे खाेजिका लागि प्रहरीले तालिम प्राप्त कुकुर समेत प्रयाेग खाेजिकार्य तिव्र रुपमा थालेकाे राेल्पा प्रहरीले ठाकुरलाई भेटाउन सकेकाे थिएन।

उक्त कंगालक संकलन गरि परीक्षणकाे लागि त्रि.वि अस्पताल काठमाडौ पठाइ थप अनुसन्धान भइरहेको र श्रीमतीले नै सनाखत गरिसकेकाे भएपनि अनुसन्धानकाे लागि परीक्षण गर्न पठाएको र घटना कसरी भयाे भन्ने अहिले नै केही भन्न नसकिने प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार