पुस २६ प्यूठान – नेकपा एमाले प्यूठान अध्यक्षमा विजयविराज विष्ट निर्वाचित भएका छन।

९० सदस्यीय जिल्ला कमिटी बनाएकाे एमाले प्युठानमा अन्य सदस्य सर्वसम्मत चयन गरेपनि सहमतिबाट नेतृत्व पदाधिकारी चयन हुन नसकेपछि आइतबार मतदान भएकाे थियाे। अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ र दलित सदस्य २ गरी ७ पदमा निर्वाचन भएकाे हाे।

अध्यक्षमा दुई जनाले दावी नछाेडेपछि विजयी भएका बिष्ट र नेहरसिंह केसी बिच प्रतिस्पर्धा भएकाे हाे। सोमबार सम्पन्न मतगणना परिणाम अनुसार केसीलाई १ सय ३८ मतले पछि पार्दै अध्यक्षमा बिष्ट विजयी भएका हुन् ।

विष्टले ३ सय १४ मत लिए भने केसीले १ सय ७६ मत लिए । एमाले जिल्ला कमिटीको उपाध्यक्षमा झग बहादुर विश्वकर्मा विजयी भएका छन् । उनले २ सय ९५ र प्रतिस्पर्धी मूक्ती पोखरेलले १ सय ७९ मत लिए । सचिवमा माधव पौडेल विजयी भएका छन। प्रतिद्वन्द्वी नेगनसिँह कँवरलाई पछि पार्दै पौडेलले २ सय ७२ र कँवरले १ सय ८६ मत लिएका हुन।

उपसचिवमा द्वय श्रीधर रोकामगर ३ सय ७२ र दिपा घर्ती ३ सय ८४ मतका साथ विजयी भएका छन। दलित खुल्ला सदस्य तर्फ राजेन्द्र गौतमले २ सय ७९ र पूर्ख सिँह सुनार १ सय ७६ का साथ विजयी भएका छन् । कुल ५ सय ३७ मतदाता रहेकाेमा ५ सय १० मत खसेकाे थियाे।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार