पुस २४ सल्यान – नेकपा एमाले सल्यानको अध्यक्षमा गोविन्द पुन नै दाेहाेरिएका छन। पुन अध्यक्ष रहेकाे ८३ सदस्यीय जिल्ला कमिटी चयन गर्दै अधिवेशन सम्पन्न भएकाे छ।
शुक्रबार उदघाटन समारोहबाट सुरु भएकाे अधिवेशनले शनिवार भएकाे बन्दसत्रबाट उपाध्यक्षमा भिम बहादुर सेन, सचीवमा ओज बहादुर बुढाथोकी, उपसचिव दान बहादुर केसी र पुष्पा कुमारी बोहरा चयन भएका छन ।
निर्वाचित जिल्ला कमिटीको आजै सपथ ग्रहणको तयारी गरिएको नेकपा एमाले सल्यानले जनाएको छ।