पुस २५ गतेसम्मका लागि केन्द्रीय समितिको बैठक स्थगित

पुस १९ काठमाडौ – नेकपा माओवादी केन्द्रले अध्यक्षमा प्रचण्डलाई नै सर्वसम्मत रुपमा चयन गरेकाे छ।

आठौँ महाधिवेसन पछि बसेकाे पहिलाे केन्द्रीय समितिको सोमबार बसेको बैठकबाट प्रचण्डलाई अध्यक्षमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठकाे प्रस्ताव र कृष्णबहादुर महराकाे समर्थनमा प्रचण्ड अध्यक्षमा चयन भएका हुन।

प्रचण्ड करिब तिन दशकभन्दा यता निरन्तर माओवादीको अध्यक्ष हुँदै आएका छन। आफूले महत्वपूर्ण अवस्थामा पार्टीको नेतृत्व गर्ने अवसर पाएको र सायद याे अन्तिम अवसरकाे रुपमा ग्रहण गरेकाे साथै याे कार्यकाल आफ्ना लागि निकै चुनौतीपूर्ण रहेकाे पनि बताएका छन।

आज बसेकाे बैठकले पार्टी अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन नै नगरी पुस २५ गतेसम्मका लागि केन्द्रीय समितिको बैठक स्थगित गरिएको नेता नारायणीकाजि श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार