पुस १९, सल्यान – नेकपा एमाले सल्यानकाे ९ ओैँ जिल्ला अधिवेशनको लागि तिव्र तयारी भैरहेको अधिवेशन प्रचार प्रसार संयाेजक दिपेन्द्र प्रकाश डि.सी. बताएका छन ।

नेकपा एमालेले जिल्ला अधिवेशनकाे लागि लोगो समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको लोगोमा देब्रेपट्टी कम्युनिष्ट पार्टीको झण्डा, बिचमा पार्टीको चुनाव चिन्ह सुर्य, सुर्यको बिचमा सल्यान जिल्लाको नक्सा र पर्यटकिय स्थलहरू, उक्त सुर्यको वरपर नवौं जिल्ला अधिवेशनको प्रतिकका रुपमा ९ वटा सुर्य- हँसियाहतौडा अंकित पार्टीको लोगो समाबेश गरिएको छ । यस्तै लोगोमा जिल्लाका धार्मिक पर्यटकिय स्थल एवम् जिल्लाकाे उत्पादनसँग जाेडिएका कुपिण्डे ताल, खैराबाङ मन्दिर र छत्रेश्वरी शक्तिपिठ जस्ता सम्पदा समेत समाबेश गरिएको डि.सी.ले बताएका छन ।
उनका अनुसार हालसम्म यहि पुस २३ गते उद्घाटन हुने जिल्ला अधिवेशनका लागि १० वटै पालिकाबाट प्रतिनिधि मुलक तरिकाबाट ३३ % महिला सहित दलित, जनजाति, अपांगता सबै क्षेत्र र वर्गलाई समेटर सर्वसम्मत रुपमा भुगाेलबाट ४०१ प्रतिनिधि छनाैट गरिसकेको बताए ।
अधिवेशन उद्घाटन पुस २३ गते सल्यान सदरमुकाम खलंगाकाे टुडिखेलकाे मैदानमा मध्यान्न १२ बजे नेकपा एमाले पाेलिटब्युराे सदस्य कर्णाली प्रदेश सह – ईन्चार्ज गुलाव जंङ शाहले गर्ने कार्यक्रम रहेकाे समेत जानकारी दिएका छन ।

उद्घाटन कार्यक्रममा आउने सहभागीहरुको लागि आउने, जानेसम्म व्यवस्था गरिएको साथै कार्यक्रम उद्घाटन पश्चात् सहभागी शुभेच्छुकहरुलाई गन्तव्य स्थानसम्म साेहि दिन पठाईने र करिब ५ सय प्रतिनिधिहरुकाे बसाइ व्यवस्थापन खलंगा र श्रीनगरका हाेटलहरुमा गरिएकाे डि.सी. ले बताए ।
बन्द सत्र पुस २४ गते बिहान ८ बजे देखि जिल्ला समन्वय समितिकाे हल खलंगामै गर्ने कार्यक्रम रहेकाे र ९ ओैँ जिल्ला अधिवेशनबाट अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिव १ जना उप – सचिव २ जना सहित ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने कुराको नि जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार