पुस १५, सल्यान – नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बागचौर नगर कमिटीको प्रथम अधिवेशन आज बागचौरमा सम्पन्न भएको छ ।

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बागचौर नगरको प्रथम अधिवेशनबाट शारदा वलीको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षमा चित्रा चन्द, बिमला शर्मा, सचिव भक्त कुमारी बिएम के सी, उप-सचिव सीता वली, मैना वली र कोषाध्यक्ष डिला विक रहेको नेकपा एमाले जिल्ला अधिवेशन प्रचार प्रसार समिति संयाेजक दिपेन्द्र प्रकाश डि.सी.ले जानकारी दिएका छन ।
शारदा वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रम प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगी, विशिष्ट अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य जिल्ला इन्चार्ज कुन्ती बस्नेत, अतिथिहरु प्रदेश कमिटी सदस्य तिलक मल्ल, जिल्ला कमिटी सदस्य बागचौर नगर अध्यक्ष घनस्याम शर्मा, जिल्ला कमिटी सदस्यहरु दिपेन्द्र प्रकाश डि.सी., जनक विक, नगर सचिव मोहन चन्द लगायतका अतिथिहरुको उपस्थित रहेको थियो भने उक्त कार्यक्रमको सहजीकरण भक्त कुमारी बिएम के.सी. ले गरेकी थिईन ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार