पुस १५ भैरहवा – नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आजबाट आफू सबैको साझा सभापति भएको बताएका छन।

नेपाली कांग्रेस प्रदेश निर्वाचन समितीद्वारा आज भैरहवामा आयोजित नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा प्रमाणपत्र प्रदान समारोहमा बोल्दै निर्वाचनको प्रतिस्पर्धामा आफू एउटा समूहबाट चुनाव लडे पनि निर्वाचित भैसकेपछि आफू सबैको साझा सभापति भएको बताएका हुन।

सभापति पुनले पार्टी भित्रको प्रतिस्पर्धा लोकतन्त्रको एउटा सुन्दर प्रक्रिया भएको भन्दै प्रतिस्पर्धा पछिको हार्दिकताको लागि सबैमा अपिल समेत गरेका छन। लुम्बिनीमा कांग्रेसलाई बलियो संगठित र गतिशील बनाउन सबै नेता तथा कार्यकर्ताको अहम् भूमिका हुनुपर्नेमा जोड दिए । आफूसँग सभापति पदमा प्रतिस्पर्धा गरेका भरतकुमार साहलाई दोस्रो बरियता दिने समेत बताएका छन।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार