पुस १० काठमाडौ – पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब एमाले इतिहासमा परिणत भइसकेको बताएका छन।

सल्यान जिल्ला कमिटीले शुक्रबार सदरमुकाम खलंगामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने “ओली रावण , कंश र हिटरलरकाे बनेका ओली अहङकारी, निरङकुश र दण्डीत व्यवहामा प्रस्तुत भएकाले त्यस्ता व्यवहार कसैले मन नपराउने हुुदा हामी प्रतिकारमा उत्रिएर न्यायकाे सिद्धान्त समाजवादमा जनताकाे भावना लिएर आएका छौ।”

कम्युनिस्टका गफ लगाउदै कम्युनिस्टको कपडा लगाउदै जनभावना विपरीत काम गर्ने भएकाले एमाले सूर्य चिह्नमा ग्रहण लागेको समेत बताएका छन। अध्यक्ष नेपालले आगामी निर्वाचनमा आफ्नाे पार्टीलाई मतदान गर्न समेत आग्रह गरेका छन। अध्यक्ष नेपाल पछिल्लो समय पार्टी सुदृढीकरणका लागि देश दौडाहामा छन।

विभिन्न पार्टी परित्याग गरि करिब २०० जना बढि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेकाे जिल्ला कमिटी सल्यानले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार