पुस १०, सल्यान – आगामी पुस २३ गते नेकपा एमाले सल्यानको जिल्ला अधिवेशन हुने भएको छ । जसको लागि सल्यानमा एमालेले विभिन्न उपसमितिहरु गठन गरेकाे छ ।

शुक्रबार सल्यान खलंगामा बसेकाे नेकपा एमालेकाे जिल्ला कमिटी बैठकले अधिवेशनलाई सम्पन्न गर्न ६ वटा उपसमितिहरु गठन गरेकाे हाे ।

जसमा प्रतिनिधि व्यवस्थापन तथा प्रतिवेदन लेखन उपसमिति संयाेजकमा जिल्ला अध्यक्ष गाेबिन्द पुनलाइ ताेकिएकाे छ ।

त्यस्तै आर्थिक व्यवस्थापन उपसमिति संयाेजकमा उपाध्यक्ष भिम बहादुर सेन, स्वयमसेवक व्यवस्थापन उपसमिति संयाेजकमा उपमहासचिव दान बहादुर केसी, प्रचारप्रसार उपसमिति संयाेजक जिल्ला सदस्य दिपेन्द्र प्रकाश डि.सी., खाद्य तथा आवास व्यवस्थापन उपसमिति संयाेजकमा मनाेज सिंह र मन्च व्यवस्थापन तथा अतिथि सत्कार उपसमिति संयाेजकमा जित बहादुर चलाउनेलाइ ताेकिएकाे एमाले सल्यानले जनाएकाे छ ।

त्यस्तै बैठकले पुस १४ गते पालिकाकाे बैठक गरेर प्रतिनिधि छनाैट गरि सक्नु पर्ने निर्णय गरेकाे छ ।

१० जना बराबर १ जना प्रतिनिधि आउने र त्यसमा ३३% प्रतिशत महिला अनिवार्य हुने र दलित तथा जनजातिको हकमा पालिकाले नै निर्णय गर्नुपर्ने प्रचारप्रसार उपसमिति संयाेजक दिपेन्द्र प्रकाश डि.सी.ले जानकारी दिएका छन । उनकाअनुसार गाउँपालिकाबाट ५ जना र नगरपालिकाबाट ७ तथा जिल्लाबाट २० जना प्रतिनिधि पनि मनाेनित गरिने बताएका छन ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार