पुस ९ सल्यान – गत मंसिर १९ गते दार्मा गाउँपालिमा स्थानीयकाे बिहे भाेज खान गएका वृद्ध ७० वर्षीय टेक बहादुर खत्री मृत भेटिएकाे घटनाबारे छानवीनकाे लागि पक्राउ परेका वडा अध्यक्ष सहित चार जना तारेखमा छुटेका छन
पक्राउ परेका दार्मा गाउँपालिका वडा न.-२ का वडा अध्यक्ष डिल्ली बहादुर केसी, साेहि ठाउँका ३६ वर्षीय राम बहादुर खत्री, ४७ वर्षीय कुल बहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई सामान्य तारेखमा छाेडिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनसहारा अनलाइनलाई बताएको छ ।
पक्राउ परेका वडाअध्यक्ष केसी विरुद्ध मृतकको श्रीमतीले माेटरसाइकलबाट नलडाएकाे बयान दिएपछि प्रहरीले छाेडेकाे हाे । त्यसदिन वडाअध्यक्षले आफ्नाे श्रीमानलाई माेटरसाइकलमा राखेकाे आफैले प्रत्यक्ष देखेकाे हुँदा वडाअध्यक्षले नलडाएकाे मृतकी श्रीमतीले प्रहरी समक्ष बयान दिएकी छन ।
मृतक टेकबहादुर १९ गते राति १२ बजेसम्म बिहेघरमा नाचगानमा सामेल भएकाे प्रत्यक्षदर्शी स्थानीयहरुले बताएका छन । त्यसपछि उनी बिहे घरकै करेसामा लडिरहेको देखिपछि पक्राउ परेका ३ जना रामबहादुर, कुलबहादुर र लक्ष्मणले उठाएर गाेठमा लिएको तर उनिहरुकाे कुनै संलग्नता रहेकाे कुनै आधार नपाइएपछि चार जनालाई नै छाेडिएकाे हाे ।
यद्यपि अहिले नै याे घटनाकाे अनुसन्धान अन्तिम नभएको प्रहरीले स्पष्ट पारेकाे छ । उनलाई छाेडेपनि सुक्ष्म अनुसन्धान जारी रहने र यसपछि अहिले पक्राउ परेका चारजना वा अरु जाे काेहि भएपनि दाेषि देखिए कानुनी दायरामा ल्याउने गरि यि चारजना माथि पनि प्रहरीले अनुसन्धानकाे लागि निगरानी गरिरहने गरि छाेडिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मंसिर १९ अर्थात घटना घटेकाे दिन वडा अध्यक्ष र मृतककाे भेट कसरी भयाे ?
१९ गते बिहान करिब ७ बजेतिर मृतक टेकबहादुर वडा अध्यक्षकाे घरमा पुगेका थिए । त्यतिबेला वडा अध्यक्ष बिहेमा जान तयार भएका थिए । मृतक टेकबहादुरले बिहेमा आफुलाई पनि बाइकमासंगैख लिन भने तर वडा अध्यक्षले र तिमी हिड्दै गर मेराे उता गाउँमा काम छ त्यहा गएर आउछु भनेर वडा अध्यक्ष बाइकमा र मृतक टेकबहादुर हिडदै गए ।
फेरि दुवैजनाकाे भेट बिहे घरमा जानेबाटाे झ्यारिबाङ भन्ने ठाउँमा भेटिए । त्यहाबाट वडा अध्यक्षले बाइकमा टेकबहादुरलाई राखेर गए बिहे घर नजिकै एउटा घरमा मृतक टेकबहादुरकाे श्रीमती लगायत अरु दुई जना पनि संगै भेटिए । टेकबहादुरले वडा अध्यक्षलाई भने बाइक राेक म बुढिसंग बिहेमा बर्सिको हाल्ने पैसा माग्छु भनेर बाइकबाट झरी पैसा माग्दा टेकबहादुरकाे श्रीमतीले पैसा ज्वाइलाइ दिइ सकेकाे बताइन ।
त्यसपछि फेरि वडा अध्यक्षकै बाइकमा बसेर बिहे घरमा दुवै जना पुगे । त्याे समय करिब बिहान ९ बजेकाे थियाे । त्यसपछि वडा अध्यक्ष आफ्नो श्रीमतीलाई स्कुल सम्म बाइकमा लिने भनेर बिहे घरबाट फर्किएको मृतकि श्रीमतीले प्रत्यक्ष देखेकी थिइन ।
याे पनि पढनुस् वृद्ध मृत्यु प्रकरण;वडा अध्यक्ष पक्राउ,प्रहरी भन्छ “तथ्यहिन सुचनाबाट अनुसन्धानमा बाधा नगर्नु”