पुस ८ सल्यान – गत मंसिर १९ गते दार्मा गाउँपालिमा स्थानीयकाे बिहे भाेज खान गएका वृद्ध ७० वर्षीय टेक बहादुर खत्री मृत भेटिएकाे घटनाबारे छानवीनकाे लागि वडा अध्यक्ष सहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा दार्मा गाउँपालिका वडा न.-२ का वडा अध्यक्ष डिल्ली बहादुर केसी, साेहि ठाउँका ३६ वर्षीय राम बहादुर खत्री, ४७ वर्षीय कुल बहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसी रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार वडा अध्यक्षले चलाएकाे माेटरसाइकलबाट टेकबहादुरकाे मृत्युु भएकाे भन्ने प्रहरी अनुसन्धानमा आएपछि वडा अध्यक्षलाई छानबिनको लागि पक्राउ गरिएको बताएको छ। बिहेमा जाने क्रममा बाटाेमा वडा अध्यक्ष संगै मदिरा सेवन गरेका टेकबहादुर वडा अध्यक्षकाे माेटरसाइकलमा बसी बिहे घर जादा लडेर मृत्युु भएकाे बाहिर भनिए पनि घटना अनुसन्धानमै रहेकाले अहिले केहि भन्न नसकिने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।

अहिले घटनाको अनुसन्धान भइरहेकाे बेला कतिपय मिडियाहरुले प्रहरीको सुचना विपरीत समाचारहरु लेखिएको पाइएकाेले अनुसन्धानकाे घेरालाई पनि ध्यान दिएर समाचार संकलन गर्न प्रहरीले आग्रह गरेकाे छ। प्रहरी अनुसन्धानमै रहेकाे विषयलाई बाहिर सुनेकाे आधारमा जथाभावी सुचना प्रेषित गर्दा अनुसन्धानमा खलल पुग्ने हुदा जाे काेहि पक्राउ पर्दैमा अपराधी नै हाे भन्न नमिल्ने र साेधपुछ तथा छानबिनकाे लागि पक्राउ गरिने हुदा अहिले पक्राउ परेकाे व्यक्ति पछि निर्दाेष भए उसकाे नैतिकताको पनि ख्याल गरि समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय सल्यानले अनुराेध समेत गरेकाे छ।
याे पनि पढनुस्; विवाहको भोज खान गएका सल्यान दार्माका एक व्यक्ति मृत फेला

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार