पुस ६ काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्।

सहमति मार्फत नेतृत्व चयन गर्न लामाे रस्साकस्सी गरेकाे बागमती प्रदेशमा सहमति नजुटेपछि निर्वाचनमा गएकाे हाे। साेमबार भएकाे निर्वाचनमा कुल २ सय ६१ मत खसेकोमा विजयी पौडेलले १६२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याएका हुन। सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ १४९, उपाध्यक्षमा रुपा मर्हजन १७८, रामप्रसाद ढुंगाना १०१ र प्रेम बहादुर पुलामी १३८ मत प्राप्त गरेर निर्वाचित भएका छन्।

त्यस्तै सह-सचिवमा दलबहादुर बुर्लाकोटी ११५, माधवप्रसाद लामिछाने १०८  र प्रकाश श्रेष्ठ १०९, कोषाध्यक्षमा संगिता भट्टराई  १५३ मतका साथ निर्वाचित भएका हुन।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार