पुस ५ काठमाडौ – रक्षामन्त्रीकाे जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले पाएका छन।

साेमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि रिक्त रहेको रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएकाे राष्ट्रपतिकाे कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ।

रक्षामन्त्री समेत रहेका कांग्रेस नेता रिजालले नेपालको संविधान धारा ७७ काे उपधारा (२) काे खण्ड (ख) बमोजिम आफू पार्टीकाे महाधिवेशनमा पराजित हुने भन्दै मतपरिणाम नआउदै मन्त्री पदबाट राजीनामा दिने घाेषणा गरि शुक्रबार रक्षामन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार