पुस १ काठमाडौ –  कांग्रेस सह-महामन्त्रीकाे अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ। महिलातर्फ देउवा निकट महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् ।

डिनाले २ हजार ५३३ मत पाइन् भने प्रतिद्वन्द्वी कमला पन्तले २ हजार १०५ मत पाएकि हुन। पन्तलाई  ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी छन।

आदिवासी जनजातितर्फ कांग्रेस सह-महामन्त्रीमा देउवा प्यानलकै भीष्मराज आङ्देम्बे विजयी भएका छन्। आङ्देम्बे २७ सय ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी विकास लामाले १९ सय १३ मत ल्याएका थिए। लामा काेइराला निकट हुन।

त्यसैगरि दलिततर्फ सह-महामन्त्रीमा शेखर कोइराला प्यानलका  जीवन परियारले २२१२ मत पाएर विजयी भएका छन। प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्माले २१७५ मत ल्याएका छन् । अर्का उम्मेदवार गंगा सुनारले २२९ मत पाएकि छन।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार