पुस १ काठमाडौ – नेपाली कांग्रेसको दुई महामन्त्री पदमा दुवै युवा नेता विजयी भएका छन।

बिहिवार भएकाे मतगणनाकाे अन्तिम परिणाम अनुसार गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका हुन। थापाले ३ हजार २३  र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका छन।प्रकाशशरण महतले १ हजार ५ सय ५६,  प्रदिप पौडेलले १ हजार ३ सय ९३ डा. मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्कीले १०६ मत ल्याएका छन्।

रक्षामन्त्री समेत रहेका रिजालले दिउसाे नै आफू पराजित हुने भन्दै रक्षामन्त्रीबाट पनि राजिनामा दिने घाेषणा गरिसकेका छन।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार