पुस १ काठमाडौ – नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्री पदका प्रतिस्पर्धी डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने बताएका छन।
कांग्रेस महामन्त्री अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकाे सामाजिक संजाल ट्विटरमा सार्वजनिक गरेका छन।
महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौँ नम्बरमा भएका रिजालले ट्विटरमा लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’