मंसिर २९ सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलनबाट अध्यक्षमा रुकुम पश्चिमकि बिमला केसी चयन भएकी छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी केसी पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत भइसकेकि छिन।
कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरु बिच प्रदेश अध्यक्षमा चौध जना सम्म आकांक्षी देखिएपछि अध्यक्षकाे लागि निकै सकस परेकाे थियाे। पछिल्लो समय सहमति नजुटने देखिएपछि केन्द्रीय सदस्य कसैले पनि प्रदेशमा दावी नगर्ने निर्णय गरेपछि केसी अध्यक्ष पदकाे लागि बलियाे मानिएकि हुन। यद्यपि केसीले पहिले देखि नै अध्यक्ष पदमा दावी गर्दै आएकि थिइन। केन्द्रीय सदस्यहरुले गरेकाे निर्णय पछि केसी स्वत अध्यक्षमा चयन हुने देखिएकाे थियाे।
अन्य पदाधिकारीमा भने अझै सहमति जुट्न सकेको छैन। सहमति जुटाउन छलफल गरिरहेकाे माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ।
साथै कर्णाली प्रदेशका १० जिल्लाकाबाट प्रदेश सदस्य पनि चयन गरिएको छ। रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९, कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११, र मुगुबाट १० गरी २११ जना रहेका छन
माओवादीकाे विधान अनुसार प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने व्यवस्था छ ।