मंसिर २९ काठमाडौ – कांग्रेसको उपसभापति पदको मतगणना अहिले बेलुका ६ बजेदेखि सुरू भइरहेकाे छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन ठाउँमा तीन समुहले गणना गरिरहेकाे छ। दुई उपसभापति पदको लागि चार प्यानल सहित एक स्वतन्त्र उम्मेदवार गरि सात जना रहेका छन। जसमा सभापति देउवा प्यानलबाट पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, डा.शेखर काेइराला प्यानलबाट चन्द्र भण्डारी, धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला, विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह र स्वतन्त्र उमेदवार महेश आचार्य रहेका छन।

निर्वाचन समितिले उपसभापतिकाे मत गणना भाेलि गर्ने यस अघि बताए पनि फेरि प्रतिनिधिहरुले अनुराेध गरेपछि आजै गणना गर्ने निर्णय गरेकाे हाे।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार