मंसिर २८ काठमाडौ  – नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारकाे ५० प्रतिशत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍क्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो।

अहिलेकाे मतपरिणाम अनुसार शेरबहादुर देउवा २२५८, डा. शेखर कोइराला १७२९, प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधि २४९ र कल्याण गुरुङ २० मत प्राप्त गरेका छन।

कांग्रेसको विधान अनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीच मात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले दुई मध्ये कसलाई समर्थन गर्ने निर्णय लिनुपर्ने छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार