मंसिर २८, काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदको पहिलो चरणको मतगणना गरिसक्दा शेरबहादुर देउवा २२५८ मत सहित अगाडि भएका छन ।

अहिलेसम्म ४६८१ मत गनिसक्दा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १७२९ र प्रकाशमान सिंहले ३७१ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २४९ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २० मत मात्र प्राप्त भएको छ । यश लगत्तै सभापति पदकै उम्मेदवारको चयनका लागि दोस्रो चरणमा जाने बताईएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार