मंसिर २८, काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

अहिलेसम्म २२०६ मत गनिसक्दा देउवाले १०५१ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ७९३ र प्रकाशमान सिंहले २०४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १७४ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १० मत मात्र प्राप्त भएको छ ।

राष्ट्रिय सभागृहमा मतगणना जारी छ । राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछि मात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधि मध्ये ४६७९ जनाले मत खसालेका छन् ।
हालसम्म २ हजार २ सय ६ मत गणना गर्दा उक्त परिणाम देखिएको हो। तीब्र गतीमा सभापतिको मतगणना भईरहेको र उक्त गणनाको परिणाम केहीबेरमा नै आउने बताईएको छ । अन्य उम्मेद्वार धेरै पछाडी देखिएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार