मंसिर २७, सल्यान – सल्यानको बागचौर नगरपालिकामा १० दिनसम्म गरिएको फोटो सहितको नामावली संकलनमा जम्मा २१०५ जना नामावली संकलन गरिएको छ ।

आउँदो निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले संचालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रममा बागचौर नगरपालिकामा नयाँ मतदाताका रुपमा २१ सय ५ जनाले आफ्नो नामावली दर्ता गराएका छन ।

मतदाता नामावली केन्द्र बागचौरका व्यवस्थापक टेक ब. डि.सी. ले जनसहारा अनलाइनसँग कुरा गर्दै कामको सिलसिलामा बाहिर गएको भएर होला धेरै जना छुटेको बताएका छन । मंसिर १७ गते देखि संचालन गरिएको मतदाता नामावली संकलनमा दैनिक रुपमा भिड भएता पनि कर्मचारीहरु कटिबद्ध भएर खटिएर दैनिक जसो बिहान ७ बजे देखि राति ७ बजेसम्म नै काम गरेको र मंसिर २६ अर्थात् हिजो अन्तिम दिन दर्ता राति ११:३० सम्म बसेर गरेको बताए । उनले १० दिनसम्म लगातार अहोरात्र काममा खटिएर काम गर्ने सबै कर्मचारीहरुलाई विशेष धन्यवाद समेत दिएका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार