मंसिर २६ काठमाडौ – नेपाली कांग्रेसकाे केन्द्रीय अधिवेशन चलि रहदा वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट पछि हटेपछि पार्टी सभापति शेरबहादुर देउवा पौडेललाई भेट गर्न पौडेल निवास बोहोराटार गएका छन।
भेटका क्रममा देउवाले पौडेललाई राजनितीबाट बाहिर नजान आग्रह गरेका छन। शनिबार राति ९ बजे करिब ४५ मिनेट भएको कुराकानीमा देउवाले राष्ट्रका लागि रामचन्द्रको आवश्यकता रहेको बताउदै स्वास्थ्य राम्रो राखेर बस्न र राजनीतिबाट बाहिर हुने कुरा नगर्न पौडेललाई आग्रह गरेको पौडेलकाे निजि सचिवालयले जनाएको छ।
पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त, आदर्श विपरित अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशन प्रक्रियाबाट बाहिरिएको शनिवार नै विज्ञप्ति मार्फत बताएका छन।