मंसिर २६ रोल्पा – मोटरसाइकल दुर्घटनामा परि शनिबार एक जनाकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा माेटरसाइकल चालक राेल्पा नगरपालिका–३ गोठमारेका ३४ वर्षिय दुर्गाबहादुर गिरी रहेका छन। सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु ६३ प ९७२० नम्बरको माेटरसाइकल ग्रामीण भित्री सडकखण्डमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

कच्ची बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेकाे छ। मृतक गिरी स्थानीय विद्यालय सुर्याेदय आधारभुत विद्यालयका शिक्षक रहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पा प्रमुख डिएसपी विनाेद घिमिरेले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार