मंसिर २१ काठमाडौ – निर्वाचन आयोगले आगामी माघ १२ गते गर्ने राष्ट्रियसभा निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार सार्वजनिक गरेकाे तालिका अनुसार राष्ट्रिय सभा निर्वाचनकाे लागि पुस १७ गतेबाट काम सुरु गरेर माघ १२ गते निर्वाचन सम्पन्न गर्ने जनाएको छ। उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ देखि १० गतेसम्म दर्ताकाे लागि समय दिएकाे छ।

हेर्नुस आयाेगकाे कार्यतालिका

पुस १७ गते- निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन,
पुस १८ र १९ गते- उम्मेदवारीमाथि परेका निवेदन तथा उजुरी उपर छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने,
पुस २० गते- उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने,
पुष २१ गते- उम्मेदवारको विरोधमा उजुरी दिने,
पुस २२ र २३ गते- मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने,
पुस २४ गते- उम्मेदवारले नाम फिर्ता लिने,
पुस २५ गते– उम्मेदवारको अन्तिम नामावली, प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने,
माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने,

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार