मंसिर २० बुटवल – नेपाली कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशन अन्तर्गत पौडेल पक्षका उम्मेदवार राेल्पाका अमरसिंह पुन विजयी भएका छन।

१६३१ मत खसेकोमा ८५२ मत प्राप्त गरेर विजय भएका हुन। उनकाे निकटतम प्रतिद्वन्द्वी देउवा निकट भरत कुमार शाह ७६७ मत ल्याएका छन।

अन्य पदाधिकारीमा उपसभापति भुवन श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याएर विजयी भएका छन। त्यस्तै महामन्त्रीमा विक्रम खनाल ८४४, सुरेन्द्रराज आचार्य ७३९ मत ल्याएर विजयी भएका छन। भने निमा गिरि ८३० मत ल्याएर विजयी भएकि छन।

सहमहामन्त्रीमा खगराज पाण्डे ७७६ र विष्णु खानलले ८५९ मत ल्याएर विजय भएकाे नेपाली कांगेस प्रदेश निर्वाचन समिति लुम्बिनीले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार