मंसिर १९ मकवानपुर –  नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा पुनः मतदान हुने भएको छ।

सभापति उम्मेदवारह तीन जना रहेकाे बागमतीमा ५१ प्रतिशत नआएपछि पुनः मतदान हुने भएको हुदा आज ११ बजे मतदान हुने नेपाली कांग्रेस प्रदेश निर्वाचन समिति बागमतीले जनाएको छ। शनिबार भएको मतदानमा ईन्द्रबहादुर बानियाँले सबै भन्दा धेरै मत ल्याएका छन। बानियाँले ९ सय ९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत ल्याएका छन्। र तेस्रो हुने भीमसेन दास प्रधानले १ सय ९७ मत ल्याएका छन।

नेपाली कांग्रेसको विधान अनुसार कुल मतको बहुमत  अर्थात ५१ प्रतिशत मत पाए मात्रै सभापतिमा विजयी हुने व्यवस्था अनुरुप पुन: मतदान हुने भएकाे हाे। कुल मतकाे अनुपातमा बढि मत ल्याउने बानियाँले प्राप्त गरेकाे ४८ प्रतिशत मत छ। कुल २ हजार १ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो।

दोस्रो चरणको निवार्चनमा सभापतिको लागि देउवा निकट बानियाँ र पौडेल नपकट केसी बीच प्रतिष्पर्धा हुने भएको छ । पहिलो चरणमा सबैभन्दा कम मत ल्याएका प्रधान निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार