मंसिर १९ सल्यान – नेपाल कम्युनिस्ट पार्टी सल्यानको एक महिने एकीकृत जन भेटघाट अभियान अन्तर्गत पुर्व जनमुक्ति सेनाका सैन्य कमान्डर तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता दुर्गा सुनार सहित १० जना नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपाल गाउँपालिका सदस्य गणेश सुनारले पनि प्रवेश गरे । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका ycl वडा संयाेजक राकेश बुढाथोकी,पार्टी सदस्यहरु गोपाल बुढाथोकी,अतिराम बुढाथोकी,आत्मराम बुढाथोकि,रमेश बुढाथोकी,पहल बुढाथोकी,बिस्णु बुढाथोकी,टेक बहादुर बस्नेत रहेका छन ।

नेकपा सल्यानले चलाएको जनभेटघाट अभियानमा विभिन्न बिद्यालय,गाउँ,घर टाेलटाेलमा सामाजिक विकृती अन्याय,दमन,शोषण,भ्रष्टाचार लागू औषधि दुर्ब्यसनि जस्ता क्रियाकलापको भन्डाफोर गर्दै जनताको बिचमा संसदीय ब्यबस्थाको बिकल्पमा जनमतसङग्र मार्फत बैज्ञानिक समाजवादका लागि पार्टीले संघर्ष गर्ने एजेन्डा लिएको र आम जनताले यो ब्यबस्थाको बिकल्पमा बैज्ञानिक समाजवादी ब्यबस्थाकाका लागि आफ्नो अमुल्य मतद्वारा ब्यबस्था चुन्ने जनमतको चुनावमा सहभागी हुन अपिल गर्दै जनभेटघाट अभियान चलाइरहेको छ । यहि सन्दर्भमा शुक्रबार कुमाख बनगाड कमानले युवा वडा कमिटी गठन गर्दै विभिन्न पार्टीमा आबद्द पार्टी सदस्य र युवाहरुलाई सङगठित र धुर्बिकरण गर्दै पार्टी प्रबेश गराएको छ । कुमाख गाउपालिका वडा नम्बर ५ खहरेखोलामा एक कार्यक्रमका बिच कुमाख बनगाड कमान इन्चार्ज गणेश क्षेत्री मार्सलले प्रशिक्षिती गर्दै धुर्बिकरण गर्नु भएको छ । यस्तै कार्यक्रम स्वागत गर्दै पार्टी जिल्ला कमिटी सदस्य एकेन्द्र शाह,भिम रावतले अविरवरण गर्दै नवप्रवेशिहरुलाई स्वागत गर्दै बधाई दिएका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार