मंसिर १९ काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।

पहिलो एकता महाधिवेशनबाट राप्रपा अध्यक्षमा निर्वाचित भएको राप्रपा निर्वाचन समितिका अनुसार अन्तिम नतिजा सार्वजनिक गर्न भने बाकी छ। तर लिङ्देन र थापा बिच अहिले करिब २०० मतान्तर रहेकाे छ।

थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना।’

विजयी लिङ्देन झापाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार