मंसिर १८ काठमाडौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि शनिबार बिहान ८ बजे देखि मतदान सुरु भएकाे छ।

सात प्रदेश मध्ये प्रदेश न.२ मा भने अधिवेशन नहुने भएकाे छ। उक्त प्रदेशमा कतिपय जिल्ला स्तरमा विवाद रहेकाले अहिले गर्न नसकिने र केन्द्रीय अधिवेशन पछि मात्रै गरिने नेपाली कांग्रेसले जनाएको छ।

अहिले महाधिवेशन चलिरहेका ६ वटा प्रदेशकामा तिनवटा समूह सम्म भएर लडदै छन। कतै देउवा–सिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवा – पौडेल –सिटौला र निधि समूहबीच त्रिपक्षीय भिडन्त हुदै छ।

प्रदेश नम्बर एकको सभापतिमा पौडेल समूहबाट गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ भने संस्थापनबाट उद्धव थापा प्रतिष्पर्धामा उत्रिएका छन्।  थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन। बाग्मती प्रदेशमा त्रिपक्षीय समूह छ। देउवा पक्षबाट इन्द्र बाँनिया उम्मेदवार बन्दा पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारीमा छन।

गण्डकी प्रदेशमा पनि संस्थापन र संस्थापन इतरबीचमै प्रतिस्पर्धा हुनेछ। संस्थापनबाट अर्जुन जोशीले उम्मेदवारी दिँदा इतरबाट शुक्रराज शर्माले उम्मेदवारी दिएका छन्।  लुम्बिनीमा प्रदेशमा देउवा पक्षबाट भरतकुमार शाह र पौडेलबाट अमरसिंह पुनले उम्मेदवारीमा छन।

कर्णाली प्रदेशमा देउवाबाट ललितजंग शाही पौडेलबाट भुपेन्द्रजंग शाही उम्मेदवार बनेका छन्। साथै विमलेन्द्र निधिले पनि मोतिराज बमलाई उम्मेदवार बनाएकाे बताइएको छ।

सुदुरपश्चिम प्रदेशमा देउवा पक्षबाट नारायण मिश्र उम्मेदवार बनेका छन् भने पौडेलबाट वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन्। प्रदेश अधिवेशनबाट प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुदैछ

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार