मंसिर १७ बुटवल – नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशबाट दुई पक्षबीच प्रतिस्पर्धा हुदै छ।

देउवा पक्षबाट रुपन्देही क्षेत्र नम्बर पाँचबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद भारतकुमार शाह प्यानल सहित र पौडेल पक्षबाट राेल्पाका निवर्तमान सभापति तथा पुर्वराज्य मन्त्री अमर सिंह पुन प्यानल सहित प्रतिष्पर्धा हुने भएकाे हाे।

दुई पक्षीय प्यानल सहित चुनावी मैदानमा जाने पत्रकार सम्मेलन मार्फत दुवै पक्षले आफू निकट प्यानल सार्वजनिक गरेका हुन। कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणकाे उपस्थितिमा बिहीबार बेलुका पत्रकार सम्मेलन मार्फत शाह प्यानलमा दुई जना उपसभापतिमा कपिलवस्तुका सुधाकर पाण्डेय र दाङका राजु खनाल, दुई महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी, सह-महामन्त्रीमा तीन जना रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाह उम्मेदवारहरु रहेकाे सार्वजनिक गरेका हुन।

सभापति पुन प्यानलले शुक्रबार बिहान केन्द्रीय सदस्य दीपक गिरी र प्रतिनिधिसभा सांसद संजय गौतमकाे उपस्थितिमा उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्ठभुजा पाठक, महामन्त्रीमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य र सह-महान्त्रीमा प्युठानकी नीमा गीरी, अर्घाखाँचीका विष्णु खनाल र दाङका खगराज पाण्डेय छन् ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिकाे कार्यतालिका अनुसार शनिबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको छ । लुम्बिनी प्रदेशबाट महाधिवेशन र प्रदेश प्रतिनिधि गरी १ हजार ५ सय ८५ जना मतदाता छन् । १२ जिल्ला रहेकाे लुम्बिनीमा पौडेल पक्षकाे वर्चस्व देखिएकाे छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार