मंसिर १४ चितवन – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी भएका छन्।

अध्यक्ष प्रत्यासी भीम रावललाई भारी मतले पराजित गर्दै ओली पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन।

एमालेमा कुल मतदाता संख्या २१ सय ५३ रहेकाेमा २१ सय १४ मत खसेको थियो। जसमा ओलीले १८४० प्राप्त गर्दा रावलले २२३ मात्र प्राप्त गरेका हुन। यद्यपि आयोगले यसको औपचारिक घोषणा भने केही समयपछि गर्ने बताएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार