मंसिर १३ चितवन – एमालेको अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका पछि अहिले भाेट माग्न व्यस्त देखिएका छन।

अधिवेशन स्थल सौराहा नारायणी किनारामा उपस्थित एमाले नेताहरु संग आफुलाई मतदान गर्न भेटघाटलाई तिव्र बनाएका छन। अध्यक्ष पदमा केपी शर्मा ओली र रावल लडदै छन। ओलीले सर्वसम्मतमै नेतृत्व चयन गर्न धेरै प्रयास गरेपनि रावलकाे उम्मेदवारी अडानले गर्दा निर्वाचन हुने भएकाे छ।

एमाले महाधिवेशन संशाेधित नयाँ कार्यतालिका अनुसार साेमबार साझ ९ बजे देखि मङगलबार बिहान ३ बजे सम्म मतदान हुनेछ।

फाेटाे फिचर

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार