मंसिर १२ राेल्पा – नेकपा माओवादी केन्द्र सुनछहरी गाउँपालिका रोल्पाको प्रथम ऐतिहासिक सम्मेलन शनिबार गाउँपालिका केन्द्र पाेबाङमा सम्पन्न भएकाे छ।

उक्त सम्मेलनबाट ६ मनाेनित सहित ५५ सदस्यीय गाउँ कमिटी गठन भएकाे छ। अध्यक्षमा धनबहादुर पुन “कृतिमान” लाई चयन गरिएको छ। जसकाे उपाध्यक्षमा महावीर रानामगर “सुनिल”, रमेश कुमार बुढामगर र सन्तु कामी “सुशील”, सचिवमा अमरजित पुन, सह-सचिवमा पबित्रा घर्तीमगर र कोषाध्यक्षमा खडक बहादुर घर्तीमगर चयन भएका छ्न।

कार्यक्रममा निर्वाचित गाउँ समितिलाई बधाई तथा शुभकामना दिदै पार्टीका केन्द्रिय सदस्य तथा उपराष्टपति नन्दबहादुर पुनका प्रमुख स्वकीय सचिव सुकबहादुर रोका `सरद´ले भन्नू भयो “पार्टीमा नयाँ ढंगले शक्ति उजागर भएको छ”। तपाईहरुले पार्टीलाई बलियो बनाउन राम्रो मेहनत गरेकोमा खुसी हुँदै अन्य सबैले यस्तै गरे पार्टी धेरै अगाडि आउने आशा समेत गर्नु भएको छ। गामको असौजे मेला देखि जनयुद्ध सुरु भएको स्मरण गर्दै माओवादी पार्टीले उठाएको मुद्दा ठिक ठानेर जनताले ठुलो साथ दिएको अब अनि मुद्दा कार्यान्वयनको क्रममा जनताले साथ दिने विश्वास व्यक्त गर्नुकाे साथै प्रशिक्षण मुलक समसामयिक केन्द्रिय राजनीतिको बारेमा जानकारी दिएका थिए।

सम्मेलनकाे अध्यक्षता धनबहादुर पुनले गरेका थिए भने शुभकामना मन्तव्य पार्टीका केन्द्रिय सल्लाहकार समिति सदस्य चन्द्रबहादुर बुढा “शेष”,र पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज आशबहादुर पुन “रक्तिम” लगाएतले दिएका थिए भने उद्घाटन कार्यक्रमको संचालन पार्टीका गाउँ समिति सचिव अमरजित पुनले गरेका थिए।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार