मंसिर ११, सल्यान –  सल्यानका १० वटै स्थानिय तहमा आजबाट नेकपा माओवादी केन्द्रको अधिवेशन सुरु भएको छ ।

सबै स्थानीय तहमा सुरु भएको सम्मेलनमा कतै नेतृत्व चयन भैसकेको छ भने कतै बन्दसत्र सुरु भएको छ । शारदा नगरपालिका, सिद्ध कुमाख, कालिमाटी, त्रिवेणी र कपुरकोट गाउँपालिकामा भने सहमतिमा नै नेतृत्व चयन भएको छ । जसअनुसार सल्यान नेकपा (माओवादी केन्द्र) नयाँ निर्वाचित नगर कमिटीहरु
शारदा नगरपालिका
अध्यक्ष : नबिन सिंह भडेल
उपाध्यक्ष : तिलक बिक, पुष्कर बस्नेत र सुकदेव बिक
सचिव : सन्ताेश कुमार राई
सह सचिव : लिला बहादुर राेका
काेषाध्यक्ष : चेत ब. गिरि (चेतन) सहित ४ जना पछि थप्ने गरि ६१ सदस्यीय कमिटी रहेको छ । कपुरकोट गाउँपालिका
अध्यक्ष : प्रकाश भण्डारी
उपाध्यक्ष : खड्क सिंह ठकुरी, शेर बहादुर पुन र लक्ष्मी बोहरा मल्ल
सचिव : बालाराम खड्का
सह-सचिव : पबन कार्कि
कोषाध्यक्ष : तिला ओलि सहित ५५ सदस्यीय कमिटी रहेको छ ।
कालिमाटी गाउँपालिका
अध्यक्ष : रुद्र बहादुर घर्ती प्रगति
उपाध्यक्ष : पुरुषोत्तम भट्टराई, गम बहादुर रावत र भोला प्रसाद खत्री
सचीव : शालीग्राम भट्टराई
सह-सचीव : टेकराज पुलामी मगर
कोषाध्यक्ष : संगीता खासु सहित ८ जना पछी थप्ने गरि ५५ सदस्य कमिटी रहेको छ ।
शिद्धकुमाख गाउँपालिका
अध्यक्ष : राम बहादुर बस्नेत
उपाध्यक्ष : डिल बहादुर बोहरा, नरविर चलाउने र भुमी बुढाथोकी
सचिव : रुद्र बुढाथोकी
सहसचिव : पुर्ण बहादुर थापा
काेषाध्यक्ष : रमेश यरि गरि सहित ५५ सदस्यीय कमिटी बनेको छ ।
त्रिवेणी गाउँपालिका
अध्यक्ष : राजेन्द्र कुमार थापा RK
उपाध्यक्ष : नेत्र प्रकाश पुन, कृष्ण बहादुर के सी
सचिव : छविलाल बुढाथोकी
सह-सचिव : भुपाल सिंह रकाल
कोषाध्यक्ष : सुमित्रा परियार लगाएत ५५ सदस्यीय कमिटी रहेको छ ।
दार्मा गाउँपालिका
अध्यक्ष : चन्द्र बहादुर रावत
उपाध्यक्ष : असविर रावत, टीका शर्मा वली र टंक ओली
सचिव : दुर्गा मल्ल
सह- सचिव : डिल्ली बहादुर के.सी.
कोषाध्यक्ष : धनिराम नेपाली सहित ५५ सदस्यीय कमिटी रहेको छ ।
यस्तै बाँकी स्थानीय तहहरुमा भोलि अर्थात् आइतबार बन्दसत्र राखिएको नेकपा माओवादी केन्द्र सल्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार