मंसिर ११ राेल्पा – नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) काे शनिबार देशभरका स्थानीय तहमा एकैसाथ सम्मेलन सम्पन्न गर्ने याेजना अनुसार प्रथम गंगादेव गाउपालिका सम्मेलन पनि सम्पन्न भएको छ।

गाउँपालिका पार्टी कार्यालय सानडाडाँमा भएको
सम्मेलनबाट नरसिंह रानाको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ। जसकाे उपाध्यक्षमा अमृत थापा, रिता घर्ती, बिजय घर्ती, सचिव रेशम राज डागी, सह- सचिव भुपाल दमाई र कोषाध्यक्षमा लक्ष्मी बुढा रहनु चयन भएका हुन ।

सम्मेलनलाई देशभर दिउसो १२ बजे अध्यक्ष प्रचण्डले भर्जुअल माध्यमबाट एकैसाथ सम्बाेधन गरेका थिए। सम्मेलनमा लुम्बिनी प्रदेश सदस्य वीर बहादुर खत्री, जिल्ला सदस्य प्रेम बहादुर वली लगाएतले शुभकामना मनतव्य राखेका थिए।

उक्त सम्मेलनमा जिल्ला सदस्यहरु भक्त बहादुर वली, कुशल बिक,वाइसीएल लुम्बिनी प्रदेश सदस्य रोल्पा जिल्ला संयोजक राजेन्द्र प्रकाश वली, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सदस्य तथा रोल्पा जिल्ला अध्यक्ष अशोक वली परिवर्तन , एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश सदस्य धर्मराज डागी, प्रेस सेन्टर लुम्बिनी प्रदेश सदस्य टेकम वली लगायत ७ वटै वडाका प्रतिनिधि, भातृसङठन तथा शुभेच्छुकहरुकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार