मंसिर ११, सल्यान –  आज हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागचौरको दोस्रो सम्मेलनको सम्पुर्ण तयारी पुरा भैसकेको आयोजक टिमले जानकारी दिएको छ ।

स्थानीय तह सम्मेलनलाई शनिबार दिउसाे १२ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भर्चुअल’ माध्यमबाट आज देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ अधिवेशनको सम्बोधन गर्ने भएका छन । यसै अनुरुप बागचौरमा पनि बिहान १२ बजे देखि अधिवेशन कार्यक्रमको उद्घाटन गरिने नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका छन ।

नगर सम्मेलनमा वडा सम्मेलनबाट निर्वाचित भएका प्रतिनिधिले विधानकाे व्यवस्था अनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार