मंसिर १० चितवन –  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन शुक्रबार मध्याह्न १२ बजेदेखि चितवनमा सुरु हुँदै छ।

तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ। उद्घाटनमा पाँच लाख सहभागी हुने र त्यसका लागि नेता कार्यकर्ता चितवन पुग्ने क्रम जारी छ। महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट पनि सहभागी हुने एमालेले जनाएको छ।

कुल प्रतिनिधि संख्याकाे पाँच प्रतिशत मनाेनित, ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहनेछन् भने  महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहन हुनेछ। उद्घाटन सत्रका दिन पाँच हजार स्वयंसेवक परिचालन हुने छन्।

महाधिवेशन भनेपछि पार्टीको महान उत्सव हाे। एमालेले विभिन्न पार्टी तथा अन्तर्राष्ट्रिय स्तरका कम्युनिस्टहरुलाई पनि निमन्त्रणा गरेकाे छ। प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ। भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया लगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउने छन्। तर चिनियाँ प्रतिनिधि त्तउन नसक्ने भन्दै कम्युनिष्ट पार्टीको भिडियो सन्देश भने प्राप्त भइसकेको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भइरहेका छन।

मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ। अध्यक्ष मण्डल र माइन्युट कमिटि तयारी छ। बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम तय रहेको छ। सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ। मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ। सोही दिन साँझसम्ममा मत परिणाम आउने एमालेले कार्य याेजना बनाएको छ।

मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख भट्टराईले बताए।

महाधिवेशन सकिए लगत्तै नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने छ। यो महाधिवेशनले पार्टीलाई सम्पूर्ण ढङ्गले एकताबद्ध बनाउने र आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने सङ्कल्प गरेर फर्कने उनको भनाइ थियो। एकता, सहमति र पार्टीभित्रका अन्तरविरोधहरुलाई मैत्रीपूर्ण ढङ्गले समाधान गर्दै कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा एमालेललाई स्थापित गर्ने संकल्प लिएको एमालेले महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख याेगेश भट्टराईले बताए।

ठुला सवारीसाधन आवागमनमा निषेध

महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले बिहिवार सूचना सार्वजनिक गर्दै राष्ट्रिय लोकमार्गमा ट्राफिक जाम हुन नदिनका लागि ०८ गतेको बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरुलाई ०९ गते साँझ ६ः०० बजेदेखि १० गते राती १२ः०० बजेसम्म आवतजावतमा रोक लगाइएको बताएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार