मंसिर ८ राेल्पा – असन्तुष्ट पक्षले मतगणना हुँदै गर्दा आक्रमण गर्ने र मत च्यात्ने प्रयास गरेका छन।

जिल्ला सभापतिका उम्मेदवार मानबहादुर खत्री र क्षेत्रीय सभापति दुर्गाबहादुर खड्काले नेपाली कांग्रेस राेल्पाका सभापति, लुम्बिनी प्रदेश सभापति उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका अमरसिंह पुन र निर्वाचन अधिकृत सूर्य वलीमाथि हातपात गर्ने प्रयास गरेका छन्।

जिल्ला पदाधिकारीकाे मतगणना सकिएपछि खत्री समूहले सदस्यहरूकाे मत गणना गर्ने क्रममा मतपत्र च्यात्ने प्रयास गरेको र एउटा मत च्यातेकाे अमर पुन समूहकाे आराेप छ। देउवा र पौडेल पक्षबीच भएकाे चुनावी प्रतिस्पर्धामा पौडेल पक्षले प्यानल सहित जिल्लामा विजय हात पारेकाे छ भने प्रदेश निर्वाचन क्षेत्र दुईवटा रहेकाेमा १/१ वटा क्षेत्र दुवै समुहले पाएका छन।

असन्तुष्ट पक्ष खत्री समुहले मत गणनाकाे क्रममा मत नहुदा पनि गणना रेकर्डका निर्वाचन अधिकृत वलीले आचार्यकाे समुहमा टिक लगाएकाे आराेप लगाएका छन।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार