मंसिर ८ प्युठान – मत गणना भइरहेका बेला प्युठानमा गाेली चलेकाे छ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरीले  गोली चलाएकाे स्थानीयले दाबी गरेका छन।

देउवा र पौडेल प्यानल प्रतिस्पर्धामा छन। मतगणनाको क्रममा पौडेल पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि देउवा पक्षका युवाहरुले नारावाजी सहित आक्रमण गर्न खाेजेपछि मतगणनास्थलमा कसैले बाहिरबाट ढुंगा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रुग्यास फायर गरेकाे हाे । स्थानीयका अनुसार स्वर्गद्वारी क्याम्पस मतगणना चलिरहँदा बाहिर रहेका कांग्रेस कार्यकर्ताहरुले मतगणना स्थलमा ढुंगा प्रहार गरेपछि कांग्रेस कार्यकर्ता र प्रहरीबीच केहीबेर झडप भएको थियो।

मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको बताएको छ । झडपका क्रममा दुई जना प्रहरी सहित ७ जना घाईते भएका छन।

घाइते हुनेमा प्रहरी जवान गोपाल जिसी र शसस्त्र प्रहरी जवान  २३ बर्षिया चन्द्र बहादुर गाह घाईते छ्न। प्रदर्शनकारी तर्फ घाईते हुनेमा कृष्ण बस्याल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ वर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन। घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार पठाइएको र आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए।

जिल्ला सभापती पदका लागि खसेकोकुल १०६५ मत मध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। अब जम्मा ६५ मत गणना हुन बाँकी छ। देउवा पक्षका कार्यकर्ता विजयी घोषणा गरि खुशी मनाईरहेका छन भने पौडेल पक्षले असन्तुष्ट जनाउदै विरोध गरिरहेकाे छ।

प्रदर्शनमा संलग्न रहेकाहरुलाई पक्राउ गर्ने काम भइरहेकाे र थप सुरक्षाकर्मी परिचालन गरि मत गणना सम्पन गर्ने तयारी भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार